Tuesday, June 16, 2009

रेडियो जुगल एफ एम १०५.६ मेगाहेर्ज़ बारे सुम्पूर्ण जानकारी

१) पृष्ठभूमिः
समयको प्रवाहशिल गति भेट्न समाज परीवर्तन जरुरी छ । मान्छेका दैनिक जीवनका यावत् पक्षदेखि जीवनशैलि परीवर्तन सम्ममा शिक्षा र साचार अकाट्य सत्य हो । यथास्थिति र गतिशिलता अन्धोपन र पछौटेपनको पक्षपोषक हो । समाजको मुहार फेर्न अनि मान्छेको कार्यशैलि समयोन्मुख बनाउन बर्तमान सँग सुसुचित हुन जरुरी छ र यो काम ्रमिडियाु ले गर्छ । नेपाली इतिहासका हरेक कालखण्ड कुनै न कुनै जर्जर परीस्थितिबाट गुजि्रँदै आएको छ । नेपाली समाजको रुपान्तरण र बिकाशक्रममा बिबिध खाले समस्याहरुले भाँजो हाल्दै आएका छन् । बिकासक्रम अवरुद्ध हुने क्रमको क्रमभंगता हुन नसकेपनि नेपालि साचार क्षेत्रले आफ्नो बिकास र भूमिकामा मारेको फड्को भने आश्चार्यजनक नै मान्नुपर्छ । अझ बिशेषगरी राजधानी नगर काठमाडौँ र देशका प्रमुख शहरहरुमा त आमसाचार माध्यमको स्थापनामा युगिन फेरबदल भइसकेको छ । भौगोलिक बिकटताको शिकार बनेको हाम्रो मुलुकमा भौतिक बिकाशले पाइलो नहालेका बस्तिहरुमा साचार क्षेत्र पनि बाह्र हात परनै छ । गाउँ नै गाउँले बनेको हाम्रो मुलुक गाउँकै बिकाश र समस्या उजागर गर्न पछाडि परेको छ । आमसाचार माध्यमहरुमा पनि रेडियो सर्वसुलभ र प्रभावकारी माध्यम भएको यसको प्रयोग र उपयोगले नै सिद्ध गर्छ । निम्न आर्थिक स्तरका नेपाली खेखि सम्मुनत आर्थिक स्तर भएकाहरु सम्मनै रेडियोको प्रभावशारी पहुँच छ । सरकारी स्वमित्वमा रहेको रेडियो नेपालको एकत्व तोड्दै सामुदायिक क्षेमा दक्षिण एसियाकै पहिलो रेडियो ्र रेडियो सगरमाथा ु खुलेपछिका दिनहरुमा त झन् रेडियो स्थापनाको लहर नै उर्लिएको छ । यस रुपमा बिकाश भएको रेडियो बिकाश क्रमले समग्र राष्ट्र निर्माण्मानै टेवा पुर् याहेको तथ्य उजागर नै छ । स्पष्ट नेपाली शैलि निष्पक्ष्य बिचार र समाचारको संयोजन बिकाश निर्माण र समस्या समाधानका धेरै उपाय प्रस्तुत गरीने तथा साहित्य संगित र सिर्जनाको संरक्षणमा अबिछिन्न लागि रहने अनि सधैभरी जनचासो र जनजिवनका हरेक पाटाहरुको उठान गर्नु सामुदायिक रेडियोको बिशेषता नै हो ।
टेलिभिजन नेपालीहरुका लागि निकै महँगो प्रविधि हो । किन्न सक्ने क्षमता भए पनि टेलिभिजन हेर्न चाहिने अनिवार्य पूर्वाधार विद्युत हो । कुल जनसंख्याको १५ प्रतिशतभन्दा बढी नेपालीले विद्युत उपभोग गर्न पाएका छैनन् । तसर्थ टेलिभिजन साचारको प्रभावकारी माध्यम भएर पनि नेपालमा आम साचारको रुप लिन कठिन बनेको छ । यी सबै हिसाबले हेर्दा तुलनात्मक रुपमा नेपालको सन्दर्भमा रेडियो माध्यममात्र आमसाचारको माध्यम बन्न सक्छ । रेडियोबाट बोलीचालीको भाषामा सूचनालाई सम्प्रेषण गर्न सकिन्छ । यो माध्यम ग्रामीण समाजले पनि धान्न सक्ने सस्तो र सजिलो पनि छ ।
स्थानीय स्तरबाट सहअस्तीत्व र सहकार्यको थालनी गर्दै आवाजको माध्यमबाट समाजको काँचुली फेर्ने महान् अभियानमा सामुदायिक रेडियो जुगल एफएम १०५।६ मेगाहर्ज हरदम कि्रयाशिल रहनेमा दृढ संकल्पित छ
२ परिचय
रेडियो जुगल एफएम १०५।६ मेगाहर्ज साचालनका लागि हामीले नवलपुर गाविसलाई चयन गरेका छौं । सिन्धुपाल्चोकका प्रायः भुभागहरु बाट पनि आवाजजावतका लागि बीच पर्ने तथा रेडियो साचालनका दृष्टिकोणबाट पनि उपयुक्त ठाउँ भएकाले हामीले यस स्थानलाई चयन गरेका हौं । रेडियो जुगल एफएम १०५।६ मेगाहर्ज जुगल सामुदायिक साचार सहकारी संस्थाको अन्तर्गतमा रही सुचना तथा साचार मन्त्रालयमा ईजाजत नम्वर ३६७ मा दर्ता भएको छ । समाज रुपान्तरणको रेडियो आवाजको रुपमा यस रेडियोलाई विकास गरिने अभिष्टताका साथ सिन्धुपाल्चोक र आसपासका क्षेत्रहरुमा कार्यक्षेत्र हुने गरी सुचना तथा साचार मन्त्रालयद्वारा इजाजत प्राप्त गरेको छ । राष्ट्रिय प्रसारण ऐन २०४९ राष्ट्रिय प्रसारण नियमावली २०५२ तथा नीजि क्षेत्रका एफएम प्रसारण संस्थान सम्बन्धी निर्देशिका २०६० को पूर्ण पालना गर्ने वचनका साथ दर्ता भएको यो रेडियो सम्पूर्ण रुपमा सामाजिक हित र उत्थानमा समर्पित रेडियो हुनेछ । यसको स्वामित्व तथा साचालन समेत पूर्ण रुपमा समुदायमा नै हुनेछ । रेडियो पूर्वाधार निर्माण देखि साचालनको सम्पूर्ण अभिभारा समेत समुदायबाट नै हुने भएकोले सम्पूर्ण सहयोग क्षेत्रका रुपमा समाज नै रहेको छ । १०० वाट प्रसारण क्षमतामा साचालन हुने रेडियो जुगल एफएम १०५।६ मेगाहर्ज समाज विकासको सम्वाहक बनाउनमा तपाई हामी सबैको हात तथा साथहरुको खाँचो छ । जाँगर र अठोटसँग तपाईको सहयोगी साथ मिसिए हाम्रो क्षेत्रको समुन्नति अकल्पनीय छैन । ुएक थुकी सुकी सय थुकी नदीु लाई व्यवहार सिद्ध गर्न सके हाम्रो क्षेत्रले नयाँ जीवन पाउने पक्का छ । ७९ गाविसमा विभाजित सिन्धुपाल्चोक राजधानी काठमाडौं सँग जोडिएको जिल्ला हो । काठमाडैांसँग जोडिएर पनि भौतिक विकास र साचार विकासको जगतमा अग्रणीरुपमा अघि बढ्न नसकी बत्ती मुनीको बन्न पुगेको छ । विकासका गतिविधीबाट ओझेलमा परेको यस जिल्लामा चार लाखको हाराहारीमा जनसंख्या रहेको छ । भौगोलिक रुपले विकट रहेको यो जिल्लामा अधिकांश बासिन्दा परम्परागत कृषि पेशामा निर्भर छन् । शैक्षिक विकासको गति वामे सर्दै भएपनि विकास र परिवर्तनको उर्जा मानिने साचार क्षेत्रको विकासमा भने यो जिल्ला विरानो नै छ । केही साहित्यीक र भर्खरै आरम्भ भएका साप्ताहिक पत्रपत्रिकाहरु बाहेक साचारको विकास प्रायः शुन्य नै छ । सामाजिक मूल्य मान्यता र विशिष्ट पहिचानलाई कायम राख्दै समयानुकुल बदलि ल्याउने साचार क्षेत्रको विकासमा पछि पर्नु भनेको समग्र क्षेत्रको विकासमा नै बादल लाग्नु हो । यसैले रुढिवादी परम्परा र निरर्थक सोचबाट ग्रसित समाजलाई गति दिन सामुदायिक स्तरबाट पहल गरी रेडियो जुगल एफएम १०५।६ मेगाहर्ज स्थापना अभियान शुरु गरिएको हो । यस रेडियो मार्फत् सम्पूर्ण सिन्धुपाल्चोक जिल्ला र आसपासका क्षॆेत्रहरुमा सामाजिक उन्नयनका एजेण्डामा व्यापक हिस्सा कोल्टे बदलिले हाम्रो निश्चिन्त ठम्याई हो । व्यक्तिगत दैनिकीबाट माथि उठेर सामुदायिक हितका क्षेत्रमा सहयोगका हात बढाउनु भनेको सहहीतको सुभारम्भ हुनु हो । सबैको साझा प्रयासले नै कठीन चुनौतीलाई पार गर्न सकिने हाम्रो विश्वास हो । कला साहित्य संगित तथा संस्कारमा भई रहेको अतिक्रमण रोक्ने र मर्यादित समाज सिर्जनामा लाग्नु यस रेडियोको अभिष्ट हुनेछ ।
३ लक्ष्य
आजको युग साचार र सुचनाप्रविधिको युग हो । सुचनाको हकलाई लोकतान्त्रिक मुलुकमा जनताको संवैधानिक अधिकारकै रुपमा व्यवस्था गरिएको हुन्छ । संविधानले नै प्रत्याभुत गरेको सुचनाको हकलाई जनताको अधिकारको रुपमा स्थापित गर्नु सक्नु सम्पूर्ण मिडियाहरु मै रेडियो जुगल एफएम १०५।६ मेगाहर्जको प्रमुख लक्ष्य हो । सार्वजनिक काममा पारदर्शिता र सामाजिक सुशासन स्थापित गर्दै हाम्रो जस्तो अधिकांश जनता अशिक्षा गरिबी र पछौटेपनले थिचिएको ठाउँमा सुचना र साचारको मार्फत् समाजको आमूल परिवर्तन सहित व्यवस्थित र विकसित समाजको दैलो उघार्नु हाम्रो लक्ष्य हो । यस हिसावले समग्र रुपमा रेडियो आवाज मार्फत् समाज रुपान्तरणका अभियानमा अविच्छिन्न फाइदा चालिरहनु नै हाम्रो एकमात्र लक्ष्य हो ।
४ उद्देश्य
समग्र समाजको हित गर्नु नै हाम्रो एकमुष्ठ उद्देश्य हो । रेडियो जुगल एफएम १०५।६ मेगाहर्जका उद्देश्यहरुलाई बुँदागत रुपमा तल उल्लेख गरिएको छ ।
1 राष्ट्रिय एकता गौरव तथा स्वाभिमान अभिवृद्धि गर्दै न्याय र लोकतन्त्रको पक्षमा अनुशासित तथा गतिशील
2 संस्कृतिको निर्माण गर्नुराष्ट्र र राष्ट्रिय भाषा साहित्य कला संस्कृति तथा लोक परम्पराहरुको पहिचान र प्रवद्र्धन गर्नुपरम्परागत ज्ञान सीप र दक्षताको पहिचान परिचालन तथा सम्वद्र्धन गर्नु
3 जनता र सरकारका बीच भरपर्दो सम्पर्क माध्यमका रुपमा काम गर्नु
4 राष्ट्रिय उद्योग तथा स्वदेशी बजारलाई प्रोत्साहित गर्दै उद्यमशील संस्कृतिको निर्माण गर्नु 5 महिला तथा बालबालिकाहरुको हक र अधिकारको संरक्षणका लागि सामुहिक दायित्वको बोध गराउनु । पिछडिएका तथा अल्पसंख्यक जाति र वर्गको आवाजलाई प्राथमिकता िदंदै उनीहरुको विकासका लागि साझा सहमती कायम गर्नु
6 शिक्षा स्वास्थ्य वातावरण दिगो विकास मानव अधिकार सामुदायिक विकास लगायतका सामाजिक क्षेत्रमा व्यापक जागरण अभिवृद्धि गर्नु
7 पर्यटकीय एवं धार्मिक दृष्टिले सम्भावन बोकेका क्षेत्रहरुको प्रर्वद्धन र प्रचारप्रसारमा रेडियो कार्यक्रम मार्फत् प्रचारप्रसार गर्ने
8 यातायात व्यवस्था भन्सार तथा जडिबूटीका क्षेत्रमा बेलाबेलामा उठ्ने गरेका समस्याहरुका चिर स्थायी समाधानका लागि मध्यस्थ भूमिका गर्ने
9 बदलिदो समय र समान सँगै आवश्यक कार्यक्रम उत्पादन र प्रसारण गर्दै समाज परिवर्तनका लािग वाच डगको भूमिकाको रुपमा काम गर्ने
10 आधुनिक कृषि विज्ञान तथा प्रविधिका उपलब्धीहरुमा जनताको सूचनाको पहुँच बढाउनु इत्यादि ।
५ स्टेशन
कृषि जैविकविविधता भाषिक सांस्कृतिक पर्यटकीय भन्सार र विभिन्न व्यवसायको हिसाबले अत्यन्त धनी जिल्ला सिन्धुपाल्चोक र आसपासका क्षेत्र यो रेडियोको मुख्य प्रसारण क्षेत्र हो । स्थानीय सिन्धुपाल्चोकको नवलपुर वजारमा यसको प्रसारण स्टुडियो रहनेछ । १०० वाटको ट्रान्समिटरबाट प्रसारण गरिने यो स्टेशनमा एउटा प्रसारण स्टुडियो हुनेछ । यसको प्रसारण सिन्धुपाल्चोक र यसका आसपासका क्षेत्रका झण्डै ४ लाख जनताले सुन्न सक्नेछन् ।
६ संगठन;जनशक्ति
एफ।एम। प्रसारणका लागि सक्षम तथा प्रभावकारी समन्वय भएको संगठन स्वरुप तयार गरिनेछ । यसका लागि संगठन स्वरुपलाई तीन तहमा विभाजित गरिनेछ-नीति निर्माण तह कार्यकारी तह तथा कार्य संचालन तह । नीति निर्माणलाई चुस्त र दुरगामी बनाउन अनुभव प्राप्त व्यक्तिहरु रहेको बोर्ड हुनेछ । यो निकाय सरोकार समूहका संस्थापकहरु रेडियोका कर्मचारी तथा स्रोताहरुसंग उचित समन्वय र सन्तुलन राख्ने कार्यप्रति उत्तरदायी हुनेछ । प्रबन्धक प्रसारण केन्द्रको कार्यकारी हुनेछ । संस्थाको व्यवस्थापन उनीहरुको नेतृत्व र रेखदेखमा हुनेछ । कार्यक्रम उत्पादक प्राविधिक लगायतका स्टाफहरुले कार्यक्रम उत्पादन प्रसारण गर्ने कार्यालयको रेकर्ड राख्ने लगायतका कार्यहरु गर्नेछन् । यसका लागि शुरु चरणमा १८ घण्टा प्रसारण गर्नका लागि उत्पादकहरु ३ जना स्वयं सेवकहरु १५ जना प्राविधिक जनशक्ति २ जना बजार व्यवस्थाका लागि १जना कार्यालय प्रयोजन तथा लेखा व्यवस्थापनका लागि १ जना दक्ष जनशक्ति रहनेछन् । आवश्यकता हेरी यो जनशक्ति थपघट गरिनेछ ।
७ कार्यक्रम नीति
विद्यमान कानूनको अधिनमा रही कार्यक्रम प्रसारण गर्दा स्रोताहरुको सम्मान गर्ने तथा समाज विकासका लागि मद्दत पुग्ने खालका कार्यक्रम प्रसारण गरिनेछ । कार्यक्रम प्रसारणको मुख्य नीति राष्ट्रिय हित र राष्ट्रिय एकतामा अभिवृद्धि ल्याउनु राष्ट्रिय र राष्ट्र भाषा तथा संस्कृतिको उत्थानमा सहयोग पुर् याउनु राष्ट्रिय चेतना तथा नैतिक जागरण ल्याउनु लोक गीत तथा लोक संस्कृतिको प्रवद्र्धन गर्नु हुनेछ । अझ महत्वपूर्ण नीतिका रुपमा हामीले लोकतान्त्रिक मूल्य र मान्यता एवं संस्कारको विकास तथा मानव अधिकारको संरक्षण गर्नेतर्फ पहल गर्नुलाई लिएका छौं । आफ्नै देशमा उत्पादन भएका वस्तुहरुको बजार प्रवद्र्धन गर्नु पनि स्टेशनको अर्को महत्वपूर्ण नीति हो । निष्पक्ष र सन्तुलित समाचार प्रसारण गरी स्वच्छ पत्रकारिताको विकासमा ईटा थप्ने कार्य हाम्रो व्यवसायिक धर्म हुनेछ ।
८ स्टेशनका सेवाहरु
उपरोक्त कार्यक्रम नीतिलाई ध्यानमा राखी निम्न प्रकृतिका कार्यक्रमहरु उत्पादन तथा प्रसारण गरिनेछ । A सूचनामूलक तथा शिक्षाप्रद
खेलकुद पर्यटन विकास निर्माण रंगमाच संगीत तथा फ्लिम क्षेत्रका गतिविधि शैक्षिक तथा सामूहिक कार्यहरुलाई सूचनामूलक कार्यक्रममा समावेश गरिनेछ । कृषि शिक्षा उद्योग वाणिज्य विज्ञान र प्रविधि स्वास्थ्य परिवार नियोजन वन तथा वातावरणका क्षेत्रमा शिक्षाप्रद कार्यक्रमहरु उत्पादन तथा प्रसारण गरिनेछ । महिला बालबालिकाको हित संरक्षण गर्ने खालका विशेष कार्यक्रम सबै जातजाति भाषाभाषी वर्ग क्षेत्र तथा धार्मिक सम्प्रदाय मत वा पन्थहरुबीच आपसी समानता सद्भाव तथा सहिष्णुता बढाउने सन्देश सहितका कार्यक्रमहरु उत्पादन प्रसारण गरिनेछ । जनताको सुचना पाउने अधिकारको पूर्ण सम्मान गर्दै यसको सुनिश्चितताका लागि कि्रयाशिल रहने छ ।
B कला, संस्कृति र भाषा
नेपाली मौलिक कला संस्कृति भाषा जातजाती र समुदायलाई प्रत्यक्षतः सहयोग पुग्ने गरी विभिन्न संस्कारका बारेमा जातजातीको परिचय भाषाको उत्थान र विकासका लागि समर्पित विभिन्न कार्यक्रमहरु साचालन गरिनेछ । जसले नेपालमा रहेका विभिन्न मौलिक परम्परा जातजाती भाषा र समुदायको वृहत्तर हित गर्नेछ । नेवारी तामाङ्ग हेल्मो गुरुङ्ग लगायतका विभिन्न भाषामा साचालन गरिने त्यस्ता कार्यक्रमहरुले नेपाली मात्रलाई एउटै सूत्रमा बाँधेर जातीय समानताको अनुभूति गराउनेछ ।
C मनोराजनात्मक
भू-उपग्रहबाट नेपाली आकाशमाथि फालिएका तरंगले नेपाली लोकसंगीत लोकलहरी लोकभाका शास्त्रीय संगीत तथा लोक संस्कृतिलाई संकटमा पारेका छन् । यो स्थितिलाई मनन गरी सांस्कृतिक उत्थानमा मद्दत पुर् याउने खालका मनोराजनात्मक कार्यक्रमहरु प्रसारण गरिनेछ । हामी सांगीतिक विविधता दिने पक्षमा छौं । जसका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रका सुन्दर तथा उत्कृष्ट संगीतहरु प्रसारण गरी हामी श्रोतालाई मनोराजन प्रदान गर्ने छौं । संगीत सुन्ने संस्कारको विकास गर्न नयाँ तथा युवा पिढीलाई हामी वास्तविक संगीत सुन्नतर्फ प्रेरित गर्नेछौं । अनुरोध संगीत पनि प्रसारणको एक हिस्सा हुनेछ ।
९ कार्यक्रमको स्रोत
कार्यक्रमको स्रोत आफ्नो उत्पादन देशका अन्य संस्था वा प्रसारकहरुले उत्पादन गरेका सामग्री आवश्यक सम्झौता गरी अन्तर्राष्ट्रिय प्रतिष्ठित प्रसारण संस्थाका सामग्रीहरु कार्यक्रमका स्रोत हुनेछन् । उत्कृष्ट विदेशी कार्यक्रमहरुलाई नेपालीमा अनुवाद गरी प्रसारण पनि गरिनेछ । यसरी कार्यक्रम प्रसारण गर्दा प्रसारण अवधिको निश्चित हिस्सा मात्र विदेशी कार्यक्रमको भागमा तोकिने छ । स्वदेशी स्रोतालाई बढाउन नेपाली कार्यक्रम तथा स्वतन्त्र उत्पादकहरुलाई कार्यक्रम उत्पादन गर्न अझ प्रेरित समेत गरिनेछ ।
१० प्रतिष्पर्धा
यो एफ।एम।sाे प्रतिस्पर्धी हाल प्रसारणमा रहेका स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियो प्रसारण सेवा र भू-उपग्रहबाट फालिएको अन्तर्राष्ट्रिय तरंगहरु मुख्य प्रतिस्पर्धी हुनेछन् ।
११ श्रोता
हाम्रो प्रसारण क्षेत्र भौतिक हिसाबमा शहरी अर्धशहरी तथा ग्रामीण क्षेत्रमा विभाजित छ । चेतनास्तरको हिसाबले भन्दा सिन्धुपाल्चोक जिल्ला बौद्धिक वर्ग कर्मचारी वर्ग देशको अर्थतन्त्रमा योगदान पुर् याउने उद्यमी-व्यापारीदेखि लेखपढ गर्न समेत नजान्ने सबै वर्गका बासिन्दाहरु यहाँ छन् । जीवनस्तरको हिसाबले भन्दा विज्ञानका आधुनिक आविष्कारको उपभोग गर्ने क्षमता भएकादेखि खान लाउन धौ धौ पर्ने विपन्न वर्ग समेत यहीं छन् । भाषिक र सांस्कृतिक हिसाबले भन्दा विभिन्न भाषाभाषी जातजाति भिन्नभिन्न सामाजिक रहनसहन तथा भेषभूषा भएका मानिसहरुको बसोबास पनि यो क्षेत्रमा छ ।
१२ प्रायोजित कार्यक्रम
विभिन्न संघ-संस्था व्यापारिक प्रतिष्ठान तथा सामाजिक संस्थाहरुसंग मिलेर कार्यक्रम उत्पादन गरिनेछ । कार्यक्रम प्रायोजन गराउँदा सम्पादकीय अधिकार स्टेशनकै हुनेछ । यस्ता खाले कार्यक्रमहरु प्रसारण अवधिको २५ प्रतिशत जति हुने अनुमान गरिएको छ ।
१३ विज्ञापन
हामी व्यापारिक औद्योगिक तथा अन्य संगठनका सूचना तथा जिङ्गल र स्पटहरु प्रसारण गर्छौ । विज्ञापन प्रसारण गर्दा प्रसारण ऐन नियम तथा नेपाल सरकारले बेलाबेलामा जारी गरेका नीति निर्देशनको अधिनमा रहेर गरिनेछ । भू-उपग्रहबाट बहुराष्ट्रिय कम्पनीका उत्पादनहरुको अधिक विज्ञापन तथा प्रचारवाजीले गर्दा स्वदेशी उत्पादनहरु विस्थापित समेत हुने स्थिति आएको वर्तमान अवस्थामा स्वदेशी उत्पादनको विज्ञापन गरी बजार विस्तार गर्नु आजको प्रमुख आवश्यकता समेत भएको छ । हामी अरुका उत्पादनलाई आरोपित गर्ने वा कमसल देखाउने उपभोक्ताको आस्थाको शोषण गर्ने खालका विज्ञापनहरु प्रसारण गर्ने छैनौं । समाजमा नकारात्मक प्रभाव छोड्ने खालका सन्देशहरु पनि हामी बजाउने छैनौं